Logo
Logo

प्रधानमन्त्रीको निर्देशनमा रामकुमारी झाँक्रिलाई पक्राउको तयारी


दृष्टि संवाददाता

2.5k
Shares

काठमाडौं, २९ माघ ।
सरकारविरोधीहरुमाथि दमन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेतृ रामकुमारी झाँक्रिलाई प्रहरीले पक्राउको तयारी गरेको छ ।


झाँक्रिले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको चर्काे आलोचना गर्दै आएकी छिन् । सोही आधारमा उनलाई पक्राउ गर्न लागिएको हो । महानगरीय अपराध महाशाखाले उनलाई कार्यालयमा बोलाएको छ ।
स्रोतका अनुसार राष्ट्रपतिमाथि गरेको टिप्पणीको विषयलाई लिएर उनलाई बोलाइएको हो । जबकी भाषण गरेकै आधारमा यसरी प्रहरीले अनुसन्धान गरेको यो पहिलो घटना हो । प्रधानमन्त्रीबाटै दबाब आएर उनलाई बोलाएको महाशाखाका एक प्रहरीले बताए । विरोधीलाई तर्साउनका लागि प्रहरीले यसरी सरकार विरोधीलाई दुःख दिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्