काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यावसायिक सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेशकुमार तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात अब दुवईमा रहेका नेपालीले दुवईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिल्यै भुक्तानी लिन सकिने छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखा, १५६ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३२१ स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटिएमहरु तथा करिब २ हजारभन्दा बढी पिओएस मेसिनमार्फत ग्राहक महानुभावलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरीरहेको छ ।