काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।
सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । सञ्चालक समितिले उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ ।
विगत लामो समयदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईँले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्ष लामो अनुभव सम्हालेका थिए ।