काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले लोकतन्त्र विरोधी काम गरेको बताएका छन् ।
आदिवासी जनजाति मगर संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको पक्षमा प्रखर ढंगले विचार राखेकै भरमा नेतृ झाँक्रीलाई पक्राउ गर्नु लोकतन्त्र विरोधी गतिविधि रहेको बताएका हुन । सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘बिचारमाथि ताला लगाउने सड्यन्त्र भएको छ ।’
राष्ट्रपतिको बिषयमा बोलेकै भरमा प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको उहाँको भनाइ रहेको छ । अध्यक्ष प्रचण्डले भने– ‘कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजदेखि नै पक्राउन गर्ने कोसिस गरेको थियो । तथाकथित राष्ट्रपतिको बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई पक्राउ गर्न आदेश दिइएको थियो । यो समग्र कम्युनिष्ट पार्टीको निम्ति चुनौती भएको छ ।’