काठमाडौं, २९ माघ । नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा नेकपाको विद्यर्थी संगठन अनेरास्ववियूले देशभर प्रदर्शन गर्ने भएकोछ ।
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता हनन् गर्दै नेतृ झाँक्रीलाई पक्राउ गरिएको भन्दै विद्यार्थी संगठनले प्रदर्शन गर्न लागेको हो । काठमाडौंको माइतीघर मण्डलामा साँझ ४ बजे विद्यार्थीले प्रदर्शन गर्दैछन् । साथै पक्राउको विरोधमा देशभर प्रदर्शन गर्न लागिएको विद्यार्थी नेतृ आरती लामाले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि विद्यार्थीले प्रदर्शन गर्न लागेका हुन ।