Logo
Logo

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग


दृष्टि संवाददाता

441
Shares

काठमाडौं, २९ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्कालै फिर्ता लिन माग गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

महासंघका महासचिव सरोज सिटौलाले वैज्ञानिक भाडादर भनिएपनि यातायात क्षेत्रको भने समायोजन नहुने तर, स्वचालित भन्दै पेट्रोलियम पदार्थको मूल्य भने समायोजना गरिनु सह्य नहुने बताए ।

गाडीसँग सम्वन्धित च्यासिस, पार्टपूर्जा, लुब्रिकेन्टस लगायतमा अत्यधिक मुल्यवृद्धि भएको तर, कर, रुट इजाजत,दस्तुर, जाँचपास, बीमा, प्रिमियम लगायत सरकारबाट कुनै राहत, छुट, सुविधा सरकारले उपलब्ध नगराएको गुनासो व्यवसायीको छ ।

सरकारबाट २०६५ फागुन २० गतेदेखि लागु हुने गरि प्रत्येक आर्थिक बर्षमा भाडा अनिवार्य रुपमा स्वतः यातायात व्यवस्था विभागबाट समायोजन गर्नुपर्ने अवस्था भएतापनि हालसम्म नगरिएको उनीहरुको भनाइ छ ।

नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागु हुने गरि डिजेल र पेट्रोल २/२ रुपैया प्रतिलिटर मुल्य बढाएको थियो । उक्त मुल्य वृद्धि फागुन ८ गतेभित्र फिर्ता लिन नेपाल सरकार समक्ष व्यवसायीहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्