Logo
Logo

ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना, दुई जनाकाे मृत्यु


दृष्टि संवाददाता

756
Shares

धादिङ, २९ माघ । धादिङको थाक्रे गाउँपालिकास्थित चार किलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मत्यु भएको छ ।

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा धादिङको नीलकण्ठ नगरपालिका–५ का ६० वर्षीय बलराम अधिकारी र छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको छ भने मोटरसाइकल चालक डा अधिकारी र उनका बाबु घाइते भएका थिए ।

घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ओभरटेक गर्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्