Logo
Logo

बिबिसीको प्रसारणलाई चीनले गरिदियो बन्द


दृष्टि संवाददाता

630
Shares

काठमाडौं, ३० माघ । बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चीनले आफ्नो देशमा बन्द गरिदिएको छ। बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनद्धारा शुक्रबार जारी विज्ञप्ति उल्ले गरिएको छ ।

केही हप्ताअघि चीन सरकारले कोभिड-१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रणालीगत बलात्कार, यौन र श्रम शोषण भइरहेको भन्दै बिबिसीले प्रसारण गरेका रिपोर्टको आलोचना गरेका थिए। बिबिसीका रिपोर्ट निराधार रहेको उल्लेख गर्दै उनीहरूले बिबिसीले गलत सूचना प्रवाह गर्न केही मानिसहरूलाई प्रयोग गरेको बताएका थिए।

उक्त च्यानलले चीनमा विदेशी मिडियाले पालना गर्नुपर्ने नियम पालना नगरेकाले बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चिनियाँ भू-भागमा निरन्तरता दिन सकिन्न,’ चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनको विज्ञप्तिमा भनिएको छ। उसले बिबिसीले अर्को वर्ष प्रसारण अनुमतिका लागि दिने निवेदन पनि स्वीकार नगर्ने बताएको छ।

यसअघि पनि बिबिसी चीनका केही होटल, व्यापारिक केन्द्र र विदेशीका आवासीय केन्द्रबाहेक बाहिर प्रसारण हुँदैनथ्यो। बिबिसी चिनियाँ अधिकारीहरूको लिएको यस्तो निर्णयले दुस्खित बनाएको उल्लेख गर्दै बिबिसीले कसैको डर र लोभमा नपरी संसारभरिबाट निष्पक्ष समाचार संकलन र प्रसारण गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्