काठमाडौं, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली जाँदैछन् । पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा अहिले ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली जान लागेका हुन्।
उनी केही दिन दिल्लीमा रहने नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालको भनाई छ । पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली जान लागेको बताईएको छ । खनालले यसअघि अमेरिका र चीनमा उपचार गराएका थिए।