काठमाडौं, ३० माघ । प्रतिनिधिसभा विघटन विरुद्ध सबै राजनीति दल र नागरिक समाज लागिरहेका बेला कलाकार र स्रष्टाले पनि प्रदर्शन गरेका छन् । ‘सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन’ नाम दिइएको उक्त प्रदर्शन शुक्रबार भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो ।
आन्दोलनमा मण्डला थियटरका कलाकारले हातमा साङ्ला बाँधेर प्रदर्शन गरेका थिए । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा साङ्लाले बाँकेर प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी थिए ।
प्रदर्शनमा आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, श्रवण मुकारुङ, दयाहाङ राई लगायत सहभागी भएका छन् ।