Logo
Logo

नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित


दृष्टि संवाददाता

441
Shares

काठमाडौं, ३० माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ओमानमा हुने सिरिज स्थगित भएको जनाएको हो । कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित भएको क्यानले विज्ञप्ति जारी गरेर जनाएको छ ।

ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका थियो । यस्तै आईसीसीले अप्रिल र मेमा तय भएको पीएनजी, ओमान र स्कटल्याण्ड तथा पीएनजी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित गरेको छ ।

सिरिजका लागि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण समेत सुरु गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्