Logo
Logo

चन्द्रपुरमाथि पुलिसकाे सहज जीत


दृष्टि संवाददाता

630
Shares

ललितपुर, ३० माघ । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई तीनका विरुद्ध शुन्यका गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा सिर्जना खड्का, निर्मला बिक र रेखा पौडेलले एक एक गोल गरिन् । रौतहटको चन्द्रपुरविरुद्ध पुलिसले खेलको सातौं मिनेटमा अग्रता बनाएको थियो । सिर्जनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफमा पुलिसले थप दुई गोल गर्यो । खेलको ५४ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई दुईका विरुद्ध शुन्यको अग्रता दिलाईन् । त्यसपछि खेलको ८५ औं मिनेटमा परिवर्तित खेलाडी रेखाले गोल गर्दै पुलिसलाई तीनका विरुद्ध शुन्यको जित दिलाईन् ।

जीतसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्