काठमाडौं, ३० माघ । शताब्दीपुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दान गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनीहरूले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई शरीर दान गर्ने घोषणा गरेका हुन् ।
जोशीदम्पतीले शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका छन् । उनीहरूले छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरेका हुन् । शताब्दीपुरुष जोशीले लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए ।
घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले अनेकौँ इतिहास रच्न सफल जोशी सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताए । महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पु¥याउने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको पनि बताए ।