Logo
Logo

श्वेता भन्छिन् – ‘पैसा दुरुपयोगको प्रमाण ल्याए माझी बस्तीमा कालो मोसो दलेर घुम्न तयार छु’


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं, ३० माघ । अभिनेत्री श्वेता खड्काले माझी बस्ती निर्माणका विषयमा उठेका विभिन्न प्रश्नको जवाफ दिएकी छन् । केही दिन यता माझी बस्तीका सम्बन्धमा आएका समाचारको एकमुष्ट खण्डन गर्दै अर्नगल प्रचार भएकोमा असन्तुष्टी जनाएकी हुन् ।

उनले माझी बस्तीलाई सम्पन्न गर्नुलाई आफ्नो कर्म र धर्म भएको बताएकी छन् । उनले आफूले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तिलाई सम्पन्न गर्ने जिम्मेवारीबाट पछि नहट्ने बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा ‘‘माझी टोलबाट हात झिकी’ भन्नेहरूलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु ‘जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन । मेरो अन्तिम इच्छा ‘म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाइयोस् र मेरो अन्त्येष्टि त्यहीं गरिओस् ।’ लेखेकी छन् ।

अभिनेत्री सुष्मा कार्कीसँग काठमाडौंको रात्रिक्लबमा झगडा परेपछि श्वेताको समाजसेवालाई प्रश्न उठेको थियो ।त्यसपछि माझी बस्ती बनाउन पैसा नपुगेको स्ट्याटस लेखेपछि धेरैले उनको भड्किलो विवाहप्रति प्रश्न उठाएका थिए ।

माझी बस्ती निर्माणमा उनको थोरै मात्र भूमिका रहेको प्रत्यक्षदर्शीले बताए पछि श्वेतामाथि माझी बस्नी निर्माणमा उठेको रकमका सम्बन्धमा प्रश्न खडा भएका थिए ।

माझीबस्ती : यथार्थ र भ्रम

अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया…

Posted by Shweta Khadka on Friday, 12 February 2021

 

श्वेताले लामो स्ट्याटसमा सरकारी अनुदान लिने परिवारले अन्य दाताबाट सहयोग लिन नपाइने सरकारी नियम भएकै कारण आफूहरूले प्राविधिक सहयोग मात्र गरेको बताएकी छिन् । योसँगै उनले दाताबाट आएको रकम आफूले नभई उपभोक्ता समितिको खाताबाट खर्च भएको पनि दाबी गरेकी छिन् ।

उनले रकम उठाएर खाएको भन्ने प्रतिक्रियाको प्रेसमिट गरेरै स्पष्टिकरण दिने जानकारी दिँदै रकम दुरुपयोग गरेको प्रमाणित भए कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्ने बताएकी छिन् ।

उनले लेखेकी छिन् ,‘मैले श्वेताश्री फाउन्डेसनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रिया पनि देखेको छु । तर जस्ले मलाई फाउन्डेसनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु ।’

प्रतिक्रिया दिनुहोस्