Logo
Logo

कटौती भएका चाडपर्व बिदा पुनः दिइन्छ : गृहमन्त्री


दृष्टि संवाददाता

2.5k
Shares

काठमाडौं, ३० माघ । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् ।

सोनाम ल्होसार २८५७ को अवसरमा शुक्रबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा मन्त्री थापाले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएक बिदा पात्रोमै सार्वजनिक बिदाका रूपमा रहने बताए ।

उनले कटौति भएका बिदाका बारेमा भएको निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

नेपाललाई धर्मनिरपेक्ष राज्य निर्माण गर्न सफल भएकोमा उहाँले खुशी व्यक्त गरे । उनले संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले पाउने अधिकार स्थापित गर्न अझै प्रयास जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्