Logo
Logo

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिकाे व्यवस्था अबको आवश्यकता : शेरबहादुर तामाङ


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं, ३० माघ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले संसदीय व्यवस्था असफल हुँन थालेकाले देशलाई नयाँ राजनीतिक प्रणालीको आवश्यकता रहेको बताएका छन् । उनले अब मुलुक प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने व्यवस्थामा जान प्रस्ताव गरे ।

काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता तामाङले भने, ‘यो व्यवस्थाले स्थिरता रहेन अब नयाँ व्यवस्थाबाट देश चलाउनुपर्छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऔं ।’ पटक पटक प्रधानमन्त्रीले संसद भंग गरेकाले अब राजनीतिक स्थायित्वका लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखमा जानुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले नै सरकार चलाउने र मन्त्री पनि बनाउने व्यवस्था गर्नुपर्ने बताए । तर, राष्ट्रपतिलाई निरंकुश हुन नदिने प्रावधान पनि राख्नुपर्ने बताए । प्रतिनिधि सभा सदस्यबाट कोही पनि मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके निर्वाचन पनि स्वच्छ हुने तर्क गरे ।

पूर्वमन्त्री समेत रहेका तामाङले राजनीतिक व्यवस्थामा आमूल परिवर्तनको खाँचो औल्याए । उनले निर्वाचन एउटै खर्चमा हुनेगरी जानुपर्ने बताए । तामाङले भने, ‘संसदमा १६५ मात्र हुने र प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन पनि हुनेगरी एउटै खर्चबाट जानुपर्छ ।’

एउटा चुनावमा खर्बको खर्च हुने भएकाले भ्रष्टाचार बढ्नसक्ने बताए । देशलाई चुनावी खर्चले ठुलो समस्या बनाउने गरेको बताए । देशले नयाँ अनुहारहरु खोजिरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्