Logo
Logo

नेपालकाे स्थानीय तहको अधिकार विश्वमै उत्कृष्टः मन्त्री ठगुन्ना


दृष्टि संवाददाता

693
Shares

चितवन, ३० माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले नेपालको स्थानीय तहलाई दिइएको संवैधानिक अधिकार विश्वमै उत्कृष्ट रहेको बताएका छन् ।

चितवनको सौराहमा सो मन्त्रालयद्वारा शुक्रबार आयोजित बागमती प्रदेशका कार्यकारी अधिकृतको तीनदिने कार्यशालाको उद्घाटन गर्दै उनले भने, ‘संवैधानिक अधिकारका हिसाबले नेपाल विश्वमै उत्कृष्ट छ । विश्वका कयौँ संघीय मुलुकलाई प्रदेशमातहत राखिएको छ । त्यसैले यो अवसरलाई हाम्रा स्थानीय सरकारले उपयोग गर्नुपर्छ ।’

उनले सङ्घीयतामा गएपछि स्थानीय सरकारको आर्थिक अवस्था बलियो भएको तर कतिपय तहमा सुशासनको अभाव र प्राप्त अधिकारको दुरुपयोग हुनु दुःखद् भएको बताए ।

‘विसं २०५४ मा म दार्चुला जिविसको सभापति हुँदा जिविस र जिल्लाभरका सबै गाविसको बजेट मुस्किलले एक करोड रुपैयाँ हुन्थ्यो । अहिले एउटै पालिकाले ६०/७० करोड रुपैयाँ बजेट परिचालन गर्छन्,” उहाँले भन्नुभयो, “यो उपलब्धि सङ्घीयताले गर्दा भएको हो । त्यसैले सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्यले प्राप्त अधिकारको उपयोग गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्