Logo
Logo

मौसम पुर्वानुमानः आज वर्षा र हिमपातको सम्भावना


दृष्टि संवाददाता

630
Shares

काठमाडौं, १ फागुन । हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । आज नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । भने, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । यसैगरी, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यता, प्रदेश नं १ का पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुनसक्ने सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यता, प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्