Logo
Logo

संसारमा कुनै ठाउँमा राम जन्मभूमि भनेर प्रमाणित भएको छैन : प्रधानमन्त्री


दृष्टि संवाददाता

567
Shares

बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा आयोपजत सभामा सहभागी हुनअघि शनिबार लुम्बिनी केवलकार शिलान्यास गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा भनेको कस्तो हुनुपर्छ भनेर एकथरी आफूलाई च्यालेन्ज दिएको बताउँदै भने, ‘म पनि भन्छु, जनसभा कस्तो हुन्छ भनेर आजको बुटवलको सभालाई हेर्नुहोला ।’
प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अस्ति एकजना मान्छेले भाषण गर्दाखेरि भन्नुभयो, केपी ओलीले राम जन्मभूमिमा राम र सीताको मन्दिर बनाउने, त्यहाँ प्रतिमा बनाउने भन्ने सुन्दैछु । तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुपर्यो नि राम त्यहीँ जन्मेका थिए भनेर ।’
उनले गत माघ २८ गते काठमाडौँमा गरेको बृहद् विरोधसभामा नेकपा प्रचण्डले राम चितवनमै जन्मेको हो भन्ने पुष्टि गर्न चुनौति दिएका थिए । प्रधानमन्त्री ओलीले बुटवल पुगेर यस्तो जवाफ दिएका हुन् ।
आफू निकट नेकपाको जनसभालाई सम्बोध गर्न बुटवल पुगेका प्रधानमन्त्री ओलीले रामजन्म भूमि चितवनमै भएको बताउँदै भने, ‘संसारमा अरु कुनै ठाउँमा राम जन्मभूमि भनेर प्रमाणित भएको छैन । फैजावाद डेढ सय वर्षसम्म अयोध्या नामै थिएन ।’

प्रतिक्रिया दिनुहोस्