Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार पनि नागरिक समाजकाे विरोध प्रदर्शन


दृष्टि संवाददाता

567
Shares

काठमाडौं, १ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध नागरिक समाजका अगुवाहरुले शनिबार पनि काठमाडौंमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटन गर्ने कदम सच्चाउनुपर्ने बताएका थिए । संवैधानिक निकायको कब्जा बन्द गर, संबैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।

विरोध कार्यक्रममा डा केदारनरसिंह केसीले असंवैधानिक कदम सच्चाउन प्रधानमन्त्रीलाई आग्रह गरे । प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतका अगुवाहरुकोे उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्