काठमाडौं, २ फागुन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल भएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको हो । अमेरिकाको माथिल्लो सदन सिनेटमा दुई तिहाइ बहुमत नपुग्दा ट्रम्पविरूद्धको महाअभियोग दोस्रो पटक पनि असफल भएको हो ।
अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको हो ।
५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको विपक्षमा मतदान गरेका थिए । दुई तिहाइका लागि ६७ मत आवश्यक पर्दथ्यो ।
संसदले जो बाइडनलाई नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने दिन ट्रम्पका सयौं समर्थकहरुले संसद भवनभित्र प्रवेश गरी तोडफोड गरेका थिए । सो हिंसामा एक सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु भएको थियो । यसअघि पनि उनीविरूद्ध आएको महाअभियोग सिनेटबाट अस्वीकृत भएको थियो।
महाअभियोग असफल भएसँगै ट्रम्प सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न पाउने भएका छन्।