Logo
Logo

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै आयोग


दृष्टि संवाददाता

693
Shares


काठमाडौं, २ फागुन ।
चुनावको आचारसंहिताबारे निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई छलफलका लागि आयोगले बोलाएको हो ।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको थियो । प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्