Logo
Logo

बालुवाटार जग्गा प्रकरण : माधव नेपालविरुद्ध रिटमाथि आज सुनुवाइ हुँदै


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं, २ फागनु । बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध परेको रिटमाथि सुनुवाइका लागि पुनः पेसी तोकिएको छ ।
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै रिट दायर भएको थियो । उक्त जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको संलग्नता रहेको भएपनि अनुसन्धान गरी मुद्दा चलाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइको लागि पेसी तोकिएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाई राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्दा चलाएको भन्दै तत्कालीन प्रधानमन्त्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्