Logo
Logo

३३ अंकले घट्यो नेप्से, कारोवार रकम झण्डै ७ करोड


दृष्टि संवाददाता

315
Shares


काठमाडौं, २ माघ । साताको कारोवारको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक बिहीबारको तुलनामा ३३ दशमलव ३३ अकंले घटेर २ हजार चार सय ९३ दशमलव ५९ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आइतबार २ सय २ कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५ सय १२ कित्ता शेयर खरिद विक्री हुँदा ६ अर्ब ९२ करोडमाथिको कारोवार भएको छ ।

बजारमा आइतबारबाटै कारोवार भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ७४ रूपैयाँ पुगेको छ । बजारमा कम्पनीको शेयर ३ सय ४० रूपैयाँबाट कारोवार सुरु भएको हो ।

त्यसपछि नेपाल बैंक र नेपाल दुरसञ्चार कम्पनीको कारोवार भएको छ । आइतबार तीन समूहबाहेकका अरु सबै समूह घटेका छन् ।

जीवन बीमा सूचक २ सय ३३ अंकले झरेको छ भने निर्जीवन बीमा ७७ अंकले तल आएको छ । वाणिज्य बैंक समूह पनि २० दशमलव ७१ अंक तल आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्