Logo
Logo

पूर्वाधार निर्माणका लागि राखेपको झण्डै दुई करोडको सम्झौता


दृष्टि संवाददाता

441
Shares

काठमाडौं, २ फागुन । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लामा नौं वटा पूर्वाधार निर्माण गर्नका लागि स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता गरेको छ ।

गण्डकी प्रदेश स्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रममा आइतबार राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सम्बन्धित उपभोक्ता समितिसँग सम्झौता गरेका हुन् ।

पोखराको जेष्ठ नागरिक बहुद्देश्य कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै लमजुङको राईनस नपा ६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ९२ हजार १ सय ६१ रुपयाँ पैसा ५१ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।

त्यसैगरि राखेपले लमजुङ कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्ड हल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख,म्याग्दीको बेनी नपा स्थित रत्नेचौर बहुद्देश्य खेलमैदानका लागि १० लाख, बाग्लुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि १० लाख र गोरखा रंगशाला स्तरउन्नतीका लागि १० लाख उपलब्ध गराउने भएको छ ।

सम्झौतामा उल्लेख भए अनुसार सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम २०७८ बैशाख मसान्त भित्र सम्पन्न गरि सक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्