Logo
Logo

लागुऔषध कारोबारमा संलग्न ९ जना पक्राउ


दृष्टि संवाददाता

1.2k
Shares


काठमाडौं, २ फागुन । लागुऔषध नियन्त्रण ब्यूरोले विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ २१ देखि माघ २६ गते सम्म गरिएको कारबाहीका क्रममा लागुऔषध कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिबाट लागूऔषध एम्फटामाईन २ सय २२ ग्राम सहित र नियन्त्रित लागुऔषध २ हजार ४ सय ७० एम्पल बरामद गरिएको व्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक दिलिप चौधरीले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउपालिका २ का ३८ वर्षीय चिज कुमार गरुङ, रौतहटको मौलापुर ९ का २८ वर्षीय दुखाकुमार यादव सुनसहरी इनरुवा नगरपालिका ६ का ३५ वर्षीय गोपाल निरौला, सिन्धुपाल्चोक नगरपालिका ११ का २३ वर्षीय मानबहादुर तामाङ, भारत बिहारका ३० वर्षीय गोविन्द पोद्धार, काभ्रेको नमोबुद्ध नगरपालिका ८ का सुवास श्रेष्ठ लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्