Logo
Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : कोरोना प्रभावित ऋणीलाई सहजीकरण


दृष्टि संवाददाता

693
Shares

काठमाडाैं, २ फागुन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । अधिकांश नीतिहरूलाई निरन्तरता दिँदै राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा गरेको हो ।

भर्चुअल माध्यमबाट गरिएको समीक्षामा कोरोनाको समस्या अझै रहेको भन्दै धेरैजसो पुरानै नीतिलाई निरन्तरता दिइएको छ ।

राष्ट्र बैंकले कोभिड संक्रमणले प्रभावित पारेका ऋणीका लागि २०७८ असार मसान्तसम्म थप राहत दिने भएको छ । आर्थिक कृयाकलाप सामान्यीकरण हुन थालेको बताउँदै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तैपनि समस्यामा परेका उद्यमी ब्यवसायीका लागि ऋण पुनर्तालिकीकरण र पुनर्संरचना गर्न समय थप गरिएको बताए ।

गभर्नर महाप्रसाद अधिकारीका अनुसार २०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७८ असार मसान्तभित्र लिखित कार्य योजना पेश गरेमा बैंक तथा वित्तीय संस्थाले सो को विश्लेषण गरी बक्यौता ब्याजको न्यूनतम ५ प्रतिशत असुल उपर गरी एक पटकको लागि कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने ब्यवस्था मिलाइने छ ।

समीक्षामा गभर्नर अधिकारीले ‘शेयर धितो कर्जाको सीमा घटाइने, लघुवित्तको सेयरमा गरिने लगानीमा कडाइ गरिनेजस्ता समाचार प्रकाशनका बारेमा पनि गभर्नरले प्रश्न उठाएका थिए।

अधिकारीले उपभोक्ता मुद्रास्फीति सन्तुलित अवस्थामै रहेको बताए । वैदेशिक व्यापार घाटामा पनि सुधार आएको र रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको गभर्नर अधिकारीले जानकारी दिए । चालु खाता घाटामा आए पनि शोधनान्तर बचतमा रहेको र विदेशी मुद्रा सञ्चिति राम्रै अवस्थामा रहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्