Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रचण्ड-माधव समूहको चौथो चरणको आन्दोलन घोषणादेखि मौद्रिक नीतिको समीक्षासम्म


दृष्टि संवाददाता

567
Shares

हेडलाइन्स्

१. प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइका क्रममा सोमवार रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु, ९ जना रिट निवेदक तथा कानुन व्यवसायीको बहस, संविधानको कुनै पनि धारामा व्यवस्था नभएको अवशिष्ट अधिकार प्रधानमन्त्रीलाई छ भन्न नमिल्ने निवेदकको तकर्, सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कुँवर, रजिष्ट्रारमा निर्मला पौडेल नियुक्त ।

२. निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहित २०७७ का सम्बन्धमा १४ राजनीतिक दलसँग छलफल, नेकपाको आधिकारिकता विवाद हल नगरी निर्वाचन कसरी हुन्छ भन्दै आयोगलाई नेकपा प्रचण्ड–माधव समूहको प्रश्न ।

३. प्रतिनिधिसभा विघटनको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–माधव पक्षले चौँथौ चरणको आन्दोलन घोषणा, ५ फागुनदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, ६ फागुनमा प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंको टुँडिखेलमा मानव साङ्लो निकाल्ने, ७ फागुनमा देशव्यापी पालिकाका र वडाहरूमा वडास्तरीय विरोध कार्यक्रम गर्ने, ७ देखि १५ सम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गर्नेसम्मका कार्यक्रम, प्रदर्शन २१ फागुनसम्म जारी रहने ।

४. ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतको आदेश, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउनेनचालाउने बारे निर्णय गर्न प्रमाण उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन ।

५. नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, मुलुकको आर्थिक एवम् वित्तीय परिसूचकहरू सकारात्मक भएको गभर्नर महाप्रसाद अधिकारीको दावी, अधिकांश पुरानै नीतिलाई निरन्तरता दिँदा कोरोना प्रभावितलाई थप ६ महिना राहत, ५५ ब्याज तिरेर फेरि कर्जा तिर्ने अवधि लम्ब्याउन र ब्याज पुँजीकरण गर्न पाइने ।

६. बैतडीको डोगडाकेदार गाउँपालिकामा बलात्कारपछि हत्या गरिएको १७ वर्षीया किशोरी भागरथी भट्टको दोषीलाई कानूनी दायरामा ल्याउन राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई आग्रह, न्यायका लागि अनशनमा बसेकी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल गर्न माग ।

७. चिनियाँ नयाँ वर्षको असर तातोपानी र केरुङ नाकामा, नयाँ वर्ष मनाउन चिनियाँ चिनियाँ कामदार तथा एजेन्टहरु गएपछि माघ २९ बाट केरुङ नाका हुँदै नेपालतर्फ सामान आउन बन्द, तातोपानी भन्सार नाकाबाट भने फागुन ५ बाट मात्र नयाँ सामान आउने ।

८. साताको पहिलो दिन शेयर बजार २५ सय अंक तल ओर्लियो, निफ्राको शेयर भाउ पहिलो दिन नै ३ सय ७४ रुपैयाँ पुग्यो, कारोवार रकम पनि घट्यो ।

९. विभागीय टिम त्रिभुवन आर्मी क्लबको राष्ट्रिय महिला लिग फुटबलमा सहज जीत, रश्मीको ह्याट्रिक सहितको चार गोलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई छका विरुद्ध एक गोल अन्तरले पराजित, राष्ट्रिय खेलकुद परिषदद्वारा विभिन्न जिल्लामा नौं वटा पूर्वाधार निर्माण गर्नका लागि स्थानिय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता ।

१०.र, सैन्य कदमको विरुद्ध म्यानमारमा प्रदर्शन जारी, अफगानिस्तान–इरान सीमामा एक सय बढी तेल ट्याङ्करमा आगलागी, दक्षिण भारतमा ट्रक र भ्यान दुर्घटना, चौध जनाको मृत्यु, संसद भवनमा भएको हिस्रक आक्रमणको आरोपबाट पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प मुक्त ।

प्रतिक्रिया दिनुहोस्