Logo
Logo

ओलीको कदमविरुद्ध कांग्रेसको देशभर प्रदर्शन, कसको सम्बोधन कहाँ ?


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं, ३ फागुन । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ । कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । नेपाली कांग्रेसले गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको जनाएको छ ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । कांगे्रसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाको अपिल छ ।

जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्दै छ भने पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्