Logo
Logo

शेयर बजारमा उछाल, नेप्सेमा अलटाइम हाइ रेकर्ड


दृष्टि संवाददाता

441
Shares

काठमाडौं, ३ फागुन । शेयर बजारमा एकै दिन ९२ अंकको उछाल आएको छ । मौद्रिक नीति समीक्षाले शेयर बजारलाई प्रभावित पार्ने कुनै नीति नल्याउँदा धितोपत्रको दोस्रो बजारमा उछाल आएको हो ।

सोमबार परिचसूचक २ हजार ५ सय ८६ अंकमा पुगेर बन्द भएको छ । यो हालसम्मकै उच्च विन्दु हो भने बजार पूँजीकरण पनि ३५ खर्ब ६३ अर्ब रूपैयाँ पुगेको छ ।

सोमबार २ सय ५ कम्पनीको ६८ हजार ३ सय १९ पटकको कारोवारमा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन जम्मा ६ कम्पनीहरूको मात्र शेयरमूल्य घटेको छ । जसमध्ये ३ ऋणपत्र छन् ।

प्रतिक्रिया दिनुहोस्