एजेन्सी, ३ फागुन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता ट्वीटरले सधैका लागि प्रतिबन्ध गरिदिएको छ । अमेरिकी माथिल्लो सदन कांग्रेसमा ट्रम्पमाथि महाअभियोगको प्रक्रिया चलिरहेका बेला ट्वीटरका अधिकारीले प्रतिबन्ध कहिल्यै फुकुवा नहुने बताएका हुन् ।
अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै ट्वीटरले उनको ट्वीटर खाता प्रतिबन्ध गरेको थियो ।
हालै भएको अमेरिकी राष्ट्रपति चुनावमा हार बेहोरेपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत हिंसालाई प्रोत्साहित गर्ने ट्वीट गरेको आरोप लागेको थियो । उनले चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन् ।
अघिल्लो महिनामा ह्वाइटहाउसबाट बर्हिगमन हुनुअघि अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले हिंसा मच्चाएका थिए । यही विषयलाई लिएर ट्रम्पमाथि महाअभियोग लगाइएको छ ।