Logo
Logo

दश अंकले बढेर नेप्से सूचकमा नयाँ रेकर्ड


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, ५ फागुन । नेप्सेमा पुनः रेकर्ड कायम भएको छ । बुधबार भएको कारोबारमा नेप्से परिसूचक ९ दशमलव ९४ अंकले बढेको हो ।

मंगलबारको उच्च २ हजार ६ सय १ दशमलव ५१ विन्दुको रेकर्ड ब्रेक गर्दै नेप्से सूचक नयाँ उचाईमा पुगेको हो ।

बुधबार २ हजार ६ सय ११ दशमलव ४५ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । सूचक उच्च विन्दुमा पुगेपनि कारोबार रकम भने घटेको छ ।

बुधबार २ सय ३ कम्पनीका १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर किनबेच भएर ८ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यता, सेयर बजारको सबैभन्दा कान्छो कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक छोटो समयमै एक खर्ब रुपैयाँ बजार पुँजीकरण भएका सीमित कम्पनीहरुको क्लवमा प्रवेश गर्ने तर्फ अघि बढेको छ ।

बुधबार सेयर मूल्य बढेर प्रतिकित्ता ४ सय ९७ रुपैयाँ पुगेसँगै बैंकको बजार पुँजीकरण ९९ अर्ब ४० करोड रुपैयाँ पुगिसकेको छ ।

बिहीबार बैंकको सेयर मूल्य ३ रुपैयाँ मात्रै बढ्ने बित्तिकै पुनर्बीमा कम्पनीले पाँच महिना लगाएर बनाएको एक खर्ब पुँजीकरणको रेकर्ड निफ्राले ५ दिनमै तोड्ने  देखिएकाे छ ।

यस्तै ग्लोवल आइएमई बैंक, नेपाल बैंक, नेको इन्स्योरेन्स, प्रभु बैंक, सिद्धार्थ बैंक र कुमारी बैंक लगायतको उच्च कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्