Logo
Logo

वीरगञ्जका चार उद्योगविरुद्ध मुद्दा दायर


दृष्टि संवाददाता

441
Shares

वीरगञ्ज, ५ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले चार उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठगी गरेको आरोपमा बाराका कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको हो ।

लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकाले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत मुद्दा चलाइएको छ ।

उद्योगका उत्पादनको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्