Logo
Logo

सभामुखसँग जापानी राजदूतसँग बिदाइ भेट


दृष्टि संवाददाता

567
Shares


काठमाडौं,५ फागुन । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाइ भेट गरेका छन्।

कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् ।

भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सँधै सुमधुर रहेको बताए ।

उनले कोभिड–१९ का कारण मानव जातिको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानव जातिको जित सुरु भएको बताउँदै जापानमा आजै देखि कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गरे ।

जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्दै सभामुख सापकोटाले नेपाली कामदारका लागि जापानले उपलब्ध गराएको रोजगारीको अवसरका लागि धन्यवाद ज्ञापन गरे ।

भेटमा राजदूत साइगोले नेपाल बसाइका क्रममा भएको सहयोप्रति आभार प्रकट गर्दै यसपछि आउने राजदूतले पनि यस्तै सहयोग पाउने आशा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्