Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : भागरथीको हत्याका अभियुक्त सार्वजनिकदेखि शेयर बजारमा रेकर्डसम्म


दृष्टि संवाददाता

693
Shares

हेडलाइन्स् :

१. बैतडीको दोगडाकेदार गाउँपालिकाका १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ गरी सार्वजनिक, पक्राउ परेका व्यक्ति भागरथीकै सहपाठी, बाटो उछिन्दै ढुकेर हत्या गरेको साविती बयान, जिल्ला अदालतबाट थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप, थप पुष्टि नभएसम्म शव नबुझ्ने भट्टको परिवारको अडान ।

२. प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीको तर्फबाट राय दिने क्रम जारी, दोस्रो दिन बुधबार वरिष्ठ अधिवक्ताद्वय सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले गरे बहस, हुमत, अल्पमत जुनसुकै माध्यमबाट निर्वाचित भएका प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार हुने वरिष्ठ अधिवक्ता मैनालीको तर्क,े सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक घोषणा गर्नुपर्ने वरिष्ठ अधिवक्ता खरेलको राय ।

३. प्रतिनिधिसभा विघटनको विषयमा उपराष्ट्रपति नन्दबहादुर पुनको विवादास्पद अभिव्यक्ति, प्रतिनिधिसभा विघटनका कारण मुलुक राजनीतिक संकटतर्फ धकेलिएको दावी, संकटबाट जनतामा निराशा र आक्रोश छाएको भनाइ, संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रतिनिधिसभा भंग हुनु गलत भएकोले राजनीतिलाई सही दिशामा नलैजाने तर्क ।

४. प्रतिनिधिसभा विघटनले मुलुक अस्थिरतातर्फ धकेलिएको नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको दावी, देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएको दावी, प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सबै देशभक्त शक्तिहरुलाई एक हुन आव्हान ।

५. नेपाली कांग्रेसको १४औँ महाधिवेशन ६ महिना पर धकेलियो, कार्यसमितिको म्याद ६ महिना थप, पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकद्वारा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी नयाँ निर्णय, कांग्रेसलाई एकलभन्दा सामूहिक सिद्धान्तबाट सञ्चालन गर्न युवा–विद्यार्थीको दबाब ।

६. तराई–मधेस द्रुुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत ‘फेज–टुु’ को ठेक्का विषयलाई लिएर संसदीय समितिमा उजुरी, रक्षा सचिव, सार्वजनिक खरिद अनुुगमन कार्यालयका प्रतिनिधि र नेपाली सेनाका प्रतिनिधिलाई बैठकमा बोलाएर उजुरीका सन्दर्भमा राष्ट्रियसभाको प्रत्योजित समितिको छलफल, सुरुङ निर्माणका लागि बोलपत्रदाताको पूर्वयोग्यता निर्धारणको प्रक्रिया विधिसम्मत नै रहेको सेनाको प्रष्टीकरण ।

७. पेट्रोलको मूल्य वृद्धिको विरोधमा माइतीघरमा जसपाको प्रदर्शन, थाल ठटाएर, सिलिण्डर उचालेर विरोध, सातामा दुईपटक भाउ बढाएर पनि झण्डै दुई अर्ब मासिक घाटा रहेको नेपाल आयल निगमको तर्क, वृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी ।

८. दश अंकले बढेर नेप्से सूचकमा रेकर्ड, कारोबार रकम भने खुम्चियो, बजार पुँजीकरण ३६ खर्ब रुपैयाँ पुग्दा लगानीकर्ताको रोजाइमा वाणिज्य बैंक, निफ्राको धेरै कारोबार, महिला लघुवित्तको आईपीओमा करिब ६६ गुणा आवेदन, आईपीओ भर्नेको संख्यामा रेकर्ड ।

९. आर्मी पुलिससँग बराबरीमा रोकिएपछि दुई खेल अगाडी नै एपीएफ राष्ट्रिय महिला लिगको च्याम्पियन, एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार विराटनगर महानगरपालिका एकका विरुद्ध शून्य गोलले पराजित गर्दै एपीएफको जीतको यात्रा पनि कायमै, दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्ड अन्तर्गत बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक, गौरिका, सरस्वती र अन्जली मनोनित ।

१०.र, म्यानमारकी सैनिक पक्राउमा रहेकी प्रमुख विपक्षी दलकी नेतृ आङसाङ सूचीमाथि त्यहाँको सेनाले फेरि दोस्रो आपराधिक अभियोग, देशको प्राकृतिक प्रकोप कानूनको समेत उल्लंघन गरेको अभियोग लगाइयो, जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरू, अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले २३ जनाको मृत्यु ।

 

प्रतिक्रिया दिनुहोस्