काठमाडौं, ५ फागुन । नेपाल टेलिकमले एनटी च्याटबोट सेवा सुरु गरेको छ । अब टेलिकमका सेवाहरु तथा सेवा प्रदान गर्ने विधिबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित जानकारी पाउन सकिन्छ ।
कम्पनीको वेबसाइट खोल्नेबित्तिकै सुरुको पेजमै एनटी च्याटबोटको सानो स्क्रिन देखापर्छ। त्यहाँ ‘निड हेल्परु वेलकम टु एनटी च्याटबोट’ लेखिएको हुन्छ ।
यसमा कम्पनीका विभिन्न सेवाबारे जानकारी लिन उपलब्ध विकल्पको छनौट गर्नुपर्छ । नेपालीरअंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।
कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटिटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिबारे जानकारी पाउन सकिन्छ। त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायतरगुनासो समेत गर्न सकिन्छ ।
सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत हुन नसकेमा कम्पनीको सम्बन्धित विभागरपदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने बताइएको छ ।
थप जानकारी लिन एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, भाइबर, कम्युनिटी, इन्स्टाग्राम प्रयोग गर्न सक्छन् । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी पाउन सक्छन् ।
गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उक्त सेवा सुरु गरेका हुन्।