काठमाडौं, ६ फागुन ।
आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहीबार नियमित बैठक बस्न लागेको हो ।
आजको मन्त्रिपरिषद्को मुख्य एजेन्डा प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदीको कैद मिनाहासम्बन्धि छ । शुक्रबारको प्रजातन्त्र दिवसको अवसरमा कैदीहरु छाड्न लागिएको हो ।
यसपटक जन्मकैद पाएका दुई सय कैदीलाई पनि छाड्न लागिएको छ । नियमावली नै संशोधन गरेर यसपटक सरकारले धेरै कैदी छाड्न लागेको हो ।