Logo
Logo

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : ‘न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको छु’ (पूर्ण पाठसहित)


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको उल्लेख गरेका छन् ।

अवहेलना मुद्दामा बिहीबार सर्वोच्चमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जनाएका छन् ।

बिहीबार मध्यान्ह कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले आफैँ सर्वोच्च गएर लिखित जवाफ बुझाएका हुन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण देखाउँदै उहाँविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्