Logo
Logo

२५ अंकले बढेर नेप्सेले फेरि बनायो रेकर्ड


दृष्टि संवाददाता

693
Shares

काठमाडौं, ६ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सूचक नेप्से २५ अंकले बढेर २ हजार ६ सय ३६ विन्दुमा पुगेर बन्द भएको छ ।

बैंकिङ्ग समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकले रेकर्ड कायम गरेको हो । २ हजार ६ सय ३६ दशमलव ६८ विन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ७७ प्रतिशतले बढेर ४ सय १८ दशमलव ७८ विन्दुमा पुगेको छ ।

बिहीबार कारोबार भएका शेयरमध्ये सर्वाधिक मूल्य बढ्ने १० कम्पनीमध्ये दुई वटाको मात्र मूल्य पाँच सय रुपैयाँभन्दा माथि छ ।

सकारात्मक सर्किट ब्रेकर लागेका बाँकी सबै कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन सय रुपैयाँभन्दा कम छ ।

तर सर्वाधिक कारोबार हुने १० कम्पनीहरुमा भने सिभिल बैंक र मेगा बैंकबाहेक अन्यको प्रतिकित्ता मूल्य चार सय रुपैयाँदेखि २३ सय रुपैयाँसम्म छ ।

बिहीबार नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलव ६ प्रतिशतले बढेको छ ।

यस्तै, विकास बैंक उपसमूहको सूचक पनि २ दशमलव ४५ प्रतिशत र बैंकिङ्ग उपसमूहको सूचक १ दशमलव २२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्