Logo
Logo

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रवारबाट बाँडफाँट


दृष्टि संवाददाता

882
Shares

काठमाडौं, ६ फागुन । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान ९ बजे कम्पनीको कार्यलयमा बाँडफाँट गरिने भएको हो ।

हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९ सय ४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ ।

त्यस अनुसार ३ लाख २५ हजार १ सय ६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।  हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५ दशमलव ७ प्रतिशलले शेयर नपाउने देखिन्छ ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर सय अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४ सय कित्ता गरी कुल ३४ लाख ९६ हजार ४ सय  कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्