Logo
Logo

खोप लगाउनेमा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा नराख्नु दुःखद् : नेपाली कांग्रेस


दृष्टि संवाददाता

630
Shares

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले कोरोना भाइरस विरुद्धको खोप लगाउन ज्येष्ठ नागरिकलाई प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि जनाएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक एवं कांग्रेस सह–महामन्त्री प्रकाशसरण महतले प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई समेत समेटेर खोप वितरण नगरेकोमा असन्तुष्टी जनाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले सरकारले कोभिड–१९लाई लापरबाही रूपमा लिएको आरोप लगाए । भारतले अनुदानमा दिएको खोपको वितरण पारदर्शी हुन नसकेको बताउँदै उनले सरकारले खोप वितरणको कार्ययोजना नबनाएको आरोप लगाए ।

उनले मापदण्ड पुरा नभएका खोपले जोखिम बढाउने भन्दै डव्लुएचओको मापदण्डका खोप ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

उनले अहिले कोरोना भाइरसको संक्रमण कम देखिए पनि नयाँ प्रकारको भाइरसको जोखिम उत्तिकै रहेकाले जोखिम न्यूनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्