Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नागरिक समाजले शुक्रवार टुँडिखेल घेर्नेदेखि भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारेकोसम्म


दृष्टि संवाददाता

693
Shares

हेडलाइन्स् :

१. नेकपाको दाहाल–नेपाल समूहद्वारा मानव साङ्लो बनाएर काठमाडौंको टुँडिखेल घेराउ, संविधान, लोकतन्त्र र सङ्घीयतामाथिको प्रहार अब धेरै दिन नटिक्ने पुष्पकमल दाहाल प्रचण्डको दावी, प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यलाई नागरिकतासहित उपस्थित हुन आकस्मिक निर्देशन ।

२. प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक समाज आन्दोलित, फागुन ७ गते टुँडिखेल घेरेर ‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्ने, संसद विघटनको सवालमात्र नभएर सबै प्रतिगमनको विरोधमा घोषणापत्र केन्द्रित रहने ।

३. प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी) को तर्फबाट बिहीबारसम्म चार जनाले दिए आफ्नो राय, वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र पूर्णमान शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन असंवैधानिक भएको राय, मिकस क्युरीका अर्का वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले चाहिं फरक मत ।

४. अदालतको मानहानी मुद्दामा जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफै पुगे सर्वोच्च अदालत, अदालतप्रति उच्च सम्मान रहेको प्रधानमन्त्री ओलीको भनाइ, आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेको प्रधानमन्त्रीको दावी, जवाफ दिएपछि प्रधानमन्त्रीद्वारा सर्वोच्चको भवन बनाउने ठाउँको अवलोकन ।

५. नेपाली काँग्रेसले सरकारविरुद्धको आन्दोलनको भारी बिसायो, १४ औं महाधिवेशन भदौ दोस्रो साताका लागि तय, १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यता आगामी असार ७ गतेभित्र टुङ्गो लगाइने,
अदालतले गर्ने जुनसुकै फैसला मान्य हुने सभापति शेरबहादुर देउवाको भनाइ ।

६. प्रहरी हिरासतमा रहेका दिनेश भट्टद्वारा बैतडीको दाेगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार, जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान, दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद ।

७. सबै नागरिकलाई निःशुल्क उपलब्ध कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने गरी सरकारले व्यवस्थापन गरिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङद्वारा जानकारी, भारतले उपलब्ध गराएको बाहेक बाँकी खोपको व्यवस्थापन सरकारले गरिरहेको भनाइ, ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ‘समृद्धिका लागि सञ्चार’ नारा प्रस्ताव गरियो ।

८. बैंकिङ्गमा लगानीकर्ताको आकर्षण कायम रहँदा २५ अंकले बढेर नेप्सेले फेरी बनायो रेकर्ड,सेयर खेलाडीको ध्यान सस्ता सेयरको मूल्य उचालेर बजार बढाउने र महँगा बेच्नेमा, ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार विहान ९ बजे बाँडफाँड हुने, ७५ प्रतिशत आवेदकले नपाउने ।

९. नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको अक्सनमा अनसोल्ड, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत, राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा वालिङ नगरपालिकाले सहज जीत, चन्द्रपुर नगरपालिकालाई तीनका विरुद्ध शून्य गोल अन्तरले पराजित ।

१०.र, सैन्य ‘कु’ विरूद्ध म्यानमारमा चर्कियो प्रदर्शन, सवारी साधन अवरूद्ध, भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएयता हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले लगाए खोप, गान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु ।

 

प्रतिक्रिया दिनुहोस्