Logo
Logo

बढुवा भएको १० दिनसम्म डिएसपीले जिम्मेवारी पाएनन्


दृष्टि संवाददाता

168.6k
Shares

काठमाडौं, ७ फागुन ।
नेपालल प्रहरीका ४६ इन्सपेक्टरको डिएसपीमा बढुवा भएको १० दिन भएको छ। फुली लगाएकै ९ दिन भइसकेको छ । तर, उनीहरु अझै इन्सपेक्टरकै जिम्मेवारीमा छन् । गत २८ माघमा ४६ इन्सपेक्टरको डिएसपीमा बढुवा भएको थियो ।


बढुवा भएको अधिकृतको पदस्थापनमा समेत चरम चलखेल हुँदा यस्तो अवस्था आएको हो । विगतमा यस्तो कहिल्यै नभएको प्रहरी अधिकारीहरु बताउँछन् ।

राजनीतिक नेतृत्वले डिएसपीको पदस्थापन र सरुवामा आफु अनुकुल निर्णय गर्न दबाब दिएकाले यस्तो अवस्था आएको उच्च प्रहरी स्रोत बताउँछ । सोही कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्णय गर्न सकेका छैनन् । यसअघि एसपीको पदस्थापनमा पनि यस्तै चलखेल भएको थियो । राजनीतिक संक्रमण सुरु भएपछि प्रहरीमा अनाबश्यक दबाब बढेका छन् ।

त्यस्तै सईबाट इन्सपेक्टर बढुवा पनि तत्कालका लागि रोकिएको छ । रिक्तमध्ये ६० प्रतिशत पदमा बढुवाबाट पदपुर्ती गर्ने प्रावधान राखेर प्रहरी नियमावली संशोधन प्रक्रिया अघि बढेकाले बढुवा प्रक्रिया स्थगित भएको हो । हाल इन्सपेक्टरका एक सय पद रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्