Logo
Logo

चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह


दृष्टि संवाददाता

504
Shares

काठमाडौं, ७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उनले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताए ।

‘विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न’, देउवाले भने, ‘अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको सङ्घर्ष हो ।’

 

प्रतिक्रिया दिनुहोस्