Logo
Logo

सबै खाले प्रतिगमन विरुद्ध स्रष्टा : मुकारुङ


दृष्टि संवाददाता

5.1k
Shares

दमक, ७ फागुन । पहिचान आन्दोलनका अभियन्ता एवम् साहित्यकार राजन मुकारुङले हरेक किसिमका प्रतिगमन विरुद्ध स्रष्टाहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।

‘सबै खाले प्रतिगमन विरुद्ध र निरन्तर अग्रगमनको पक्षमा’ भन्ने नारा सहित शुक्रबार दमकमा आयोजित स्रष्टा आन्दोलन २०७७ लाई सम्बोधन गर्दै मदन पुरस्कार विजेता मुकारुङले हरेक किसिमका प्रतिगमन विरुद्ध स्रष्टाहरुले आन्दोलन गर्नुपरेको बताएका हुन् ।

उनले भने ‘पुष ५ मात्रै होइन, सदाबहार सबै किसिमका प्रतिगमन विरुद्ध हामी छौं । स्रस्टाहरू सदा जनताको न्यायको पक्षमा उभिने तप्का हो ।’

सबै खाले सामाजिक न्यायको लागि खबरदारी र आन्दोलन जारी रहेको भन्दै मुकारुङले नेताका लागि नभइ नीति, विधि र पद्धतिको लागि आफूहरु सडकमा रहने जिकिर गरे ।

स्रष्टा आन्दोलनमा प्रकाश बुढाथोकी, सुन्दर कुरूप, सुमित्रा वाङ्देल चेली, सेसेहाङ फियाक, बिराट किराती, सान्सेन पन्धाक, रचना लावतीले प्रतिगमन विरुद्ध कविताले प्रहार गरेका थिए ।

युवा अगुवा केदार धिमालले नागरिक आन्दोलनको पक्षमा समर्थन मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्