Logo
Logo

निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न प्रधानमन्त्री ओलीकाे निर्वाचन आयोगलाई निर्देशन


दृष्टि संवाददाता

630
Shares


काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारी तीव्र पार्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले शुक्रवार कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै असन्तुष्टी जनाउँदै तोकिएको मितिमा चुनाव गर्ने गरी तयारी गर्न निर्देशन दिएका हु्न् । उनले अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी समेत दिए ।

‘केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्, उनले भने, ‘लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।’ उनले जनतामाझ जान कोही डराउन नहुने उल्लेख समेत गरे ।

निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

‘मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ । ’ ओलीले भने । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकामा उनले आपत्ति जनाए । विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी रहेको समेत बताए ।

ताजा जनादेशका लागि प्रतिनिधिसभा भङ्ग गरेको उल्लेख गर्दै उनले जनमत लिनका लागि कोही पनि डराउन नहुने बताए । बहुमतका नाममा पार्टी फुटाउने चक्रब्युहको रचना गरिएकाले त्यसअघि नै चक्रब्युह तोडिएको प्रधानमन्त्री ओलीको भनाइ थियो

प्रतिक्रिया दिनुहोस्