काठमाडौं, ८ फागुन ।
नेकपाका नेताद्वय शेरबहादुर तामाङ र उषाकला राई फेरि ओली समूहमा लागेका छन् । सुरुमा ओली समूहमा लागेका उनीहरु पछि प्रचण्ड माधव नेपाल पक्षमा उभिएका थिए ।
आज प्रधानमन्त्री ओली प्रमुख अतिथी रहेको सो सभामा विराटनगरमा हुन लागेकोमा सभामा भाषण गरेर उनीहरु ओली समूहमा लाग्न लागेका हुन् । अन्य केही नेताहरुलाई पनि ओली समूहमा प्रवेश गराउन लागिएको छ । सत्ताको शक्तिको प्रयोग गरी ओली अन्य नेताहरुलाई आफ्नो पक्षमा ल्याउन पहल गरिरहेका छन् । उषाकला प्रदेशसभा सांसद हुन् । यसअघि उनले बिज्ञप्ती नै जारी गरेर प्रतिनिधि सभा बिघटनको विरोध गरेकी थिइन् ।