रुस, ९ फागुन । कुखुराबाट मानिसमा बर्डफ्लु सरेको घट्ना सार्वजनिक भएको छ । रुसमा कुखुराबाट मानिसमा बर्डफ्लु सरेको बीबीसीले उल्लेख गरेको छ ।
गत डिसेम्बरमा रुसस्थित एक कुखुरा पोल्ट्री फार्ममा काम गर्ने ७ कामदारमा बर्डफ्लु पुष्टि भएको समाचारमा उल्लेख छ । त्यहाँ उपभोक्ताको स्वास्थ्य हितमा काम गर्ने अन्न पोपोभाले ती सातै जना अहिले निको हुने क्रममा रहेको बताएकी छन्।
उनले मानिसबाट मानिसमा भने बर्डफ्लु सर्ने सम्भावना भने नदेखिएको बताएकी छन्। यो घटनाको जानकारी विश्व स्वास्थ्य संगठनलाई गराइसकिएको उनले बताएकी छन् ।
यो पनि