Logo
Logo

म्यानमारमा गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु


दृष्टि संवाददाता

252
Shares

काठमाडौं, ९ फागुन । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले गोली चलाएको छ । सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

रक्षाकर्मीले गोली चलाउँदा यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुएक महिलाको मृत्यु भएको थियो । फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोली टाउकोमा लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो । छातीमा गोली लागेका अर्का एक व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

गत माघ १९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । त्यसलगत्तै सुरु भएको विरोध प्रदर्शन रोकिएको छैन । पछिल्लोपटक बन्दरगाहका कर्मचारीहरु पनि सैनिक सरकारको विरोधमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्