Logo
Logo

डा. भट्टराई आफ्नो उपचार गर्न नयाँदिल्ली उडे


दृष्टि संवाददाता

315
Shares

काठमाडौं, ९ फागुन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार भारत प्रस्थान गरेका छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयले जनाएको छ । पेटसम्बन्धी समस्याबाट पीडित उनले यसअघि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । पछिल्लो समय चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले उनी उपचारका लागि नयाँदिल्ली गएका हुन् । उनको उपचारका नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुने उनको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्